काठमाडौ, चैत्र १२ -
दुई महिनाअघि मात्रै नागरिकस्तरबाट 'विद्वतकेशरी' को सम्मान पाएका नेपाली भाषा-साहित्य तथा संस्कृत वाङ्मयका विद्वान् जगन्नाथ शर्मा त्रिपाठीको शुक्रबार बिहान निधन भएको छ ।
दोलखाको सुनखानीमा ८१ वर्षअघि जन्मेका त्रिपाठी नौ महिनादेखि मृगौलासम्बन्धी रोगबाट पीडित थिए । नेपाली, संस्कृत, अंग्रेजी, बंगालीलगायत आठ भाषाका ज्ञाता त्रिपाठीका १५ पुस्तक प्रकाशित छन् । चारै वेद, व्याकरण, साहित्य, धर्मशास्त्र, ज्योतिष, काव्यशास्त्र, कर्मकाण्ड, पुराणवाचन तथा दार्शनिक प्रवचनका लागि चर्चित त्रिपाठी त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालयका प्रायः सबै विधाका स्रोतव्यक्तिका रूपमा समेत चिनिन्थे ।
त्रिपाठीलाई गत माघ २३ मा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नागरिकका तर्फबाट सम्मान गरेका थिए । त्रिपाठीको निधनमा जगन्नाथ शर्मा त्रिपाठी राष्ट्रिय अभिनन्दन तथा ग्रन्थ प्रकाशन समितिले शनिबार शोक व्यक्त गरेको छ । स्रष्टा समाज दोलखाको पनि घट्टेकुलोमा कार्यक्रम गरी शोक प्रकट गरेको छ । कार्यक्रममा समाजका अध्यक्ष मदनदास श्रेष्ठ, लक्ष्मी बस्नेत, हरिबहादुर राउत, राम पाण्डेसहितले त्रिपाठीको योगदान चर्चा गरे ।