कुनै बेला माध्यमिक विद्यालयमा पढाइने अंग्रेजी, गणित, नेपाली, सामाजिक र विज्ञानलगायतका सबै विषय एक्लै पढाउने प्रा. जगन्नाथ शर्मा त्रिपाठी वाङ्मयका प्रायः सबै विषयमा असामान्यमा विद्वत्ता हासिल गर्ने नेपाली विद्वत्ता हुनुहुन्छ। मूलतः संस्कृत विश्वविद्यालयहरूमा पढाइने प्रायः आचार्यसम्मका सबै विषय पढाउने क्षमता राख्नुहुने प्रा. त्रिपाठी नेपाली समाजका त्यस्ता विद्वान् हुनुहुन्छ, जो विवाह, ब्रतबन्ध, यज्ञ, पुराणवाचनलगायतका कर्मकाण्डका सम्पूर्ण पद्धति गर्न–गराउन सक्नुहुन्छ र घामझै छर्लङ्ग हुनेगरी धार्मिक र वैज्ञानिक महत्वसमेत स्पष्ट गर्न सक्नुहुन्छ। कर्मकाण्डलाई अन्धविश्वास मान्नेहरू त्रिपाठीको कर्मकाण्ड गराइ र त्यसको व्यवहारबाट कर्मकाण्डप्रति अन्धभक्तै बन्नेसम्मको स्थितिमा पुगेका दर्जनौं उदाहरण छन्। त्रिपाठीका विषयमा चर्चा गर्दा फेरि एकपटक एउटा प्रश्न दोहोर्यामउन मन लाग्छ। त्रिपाठीबाहेक नेपालमा कुनै त्यस्तो शिक्षक छ, जसको त्रिपाठीको जस्तो व्यत्तित्व छ र त्रिपाठीले गरेका यी सबै कार्य गराउन सक्तछ। त्रिपाठी आधुनिक महाविद्यालय (क्याम्पस) मा आईएदेखि स्नातकोत्तरसम्मका सबै विषय एक्लै पढाउन सक्ने नेपालका असाधारण विद्वान् शंकरदेव पन्तको विद्वत्ताको मुक्तकण्ठले प्रशंसा गर्नहुन्छ। जो शंकरदेव क्याम्पस (तत्कालीन नेशनल कलेज) का संस्थापक थिए। प्रा. त्रिपाठी एमएसम्मका प्रायः सबै विषय एक्लै पढाएर आफ्ना विद्यार्थीलाई पटना युनिभर्सिटीका बोर्ड फस्ट निकाल्न सक्ने विलक्षण विद्वान् पन्तको प्रज्ञाबाट निकै प्रभावित हुनुहुन्छ। प्रा. त्रिपाठी पूर्वीय वाङ्मयका मूर्धन्य भएर पनि सुदीर्घ पेशागत जीवनमा त्यो उहााको मूल कार्यक्षेत्र नबन्नु नेपालकै लागि विडम्बनाको विषय हो। ५८ वर्षीय सुदीर्घ प्राध्यापन यात्रामा प्रा.त्रिपाठीले मूलतः नेपाली भाषा–साहित्य नै पढाउनुभयो। यद्यपि, नेपाली भाषाले त्रिपाठीजस्तो पूर्वीय साहित्य र दर्शनका तलस्पर्शी विद्वान्लाई प्राप्त गर्नु नेपाली भाषा साहित्यलाई गौरवको विषय हो। तथापि, नेपालको एकमात्र संस्कृत–विश्वविद्यालय ने.सं.वि.ले चारै वेद प्रायः सबै उपनिषद् पुराण, रामायण, महाभारत, पूर्वीय र पाश्चात्य सबै दर्शनका महान् विद्वानलाई आफ्नो कुनै पनि अङ्गमा स्थान दिन नसक्नु अत्यन्तै ठूलो विडम्बनाको विषय हो। पूर्वीय वाङ्मयको यति ठूलो विद्वानको शैक्षिक सेवा लिन नसक्नु विश्वविद्यालयको दुर्भाग्य हो भने यति ठूलो संस्कृतिको विद्वान्ले नेपाल संस्कृति विश्वविद्यालयको कुनै पनि विभागमा औपचारिक कक्षा अध्यापन गर्न नसक्नु स्वयम् त्रिपाठीकै लागि पनि अत्यन्त विषाद्योग्य र पीडादायी विषय हो। तर, प्रा. त्रिपाठीको अध्यापन यात्रा पूरापूर कर्मयोगी बनेकाले अगाडि जहााजहाा र जुनजुन विषय पढाउादै जानुपर्छ, त्यहींत्यहीं पढाउादै जानुभयो। उहाा जागिरलाई बोलाउादै संस्थासंस्था चाहर्दै कहिल्यै हिाड्नु भएन। जागिरले जहााजहाा उहाालाई बोलायो, उहाा त्यहीत्यही निमन्त्रणा प्राप्त ठाउामा मात्र पुग्नुभयो। त्यसैले उहााले जागिर होइन, जागिरले नै उहाालाई खोज्यो। उहाालाई जागिरले जस्तो प्रस्ताव गर्योय, त्यस्तै शिक्षा सेवा गर्दै हिाड्नुभयो। ५८ वर्षको सुदीर्घ शैक्षिक यात्रामा उहाा कुनै पनि दिन थकित अशक्त र अनुत्साही देखिनुभएन। उहाामा सदासर्वदा यस्तो तयारी तत्परता र सावधानी रहिरर्योो कि मानौं उहाा पढाउनकै लागि जन्मनुभएको थियो। उहाा कतिपय विद्वान्हरूका नजरमा भगवानका अन्य अवतारजस्तै एउटा शिक्षक अवतार अनुभूत हुनुभयो। जुन विषय अगाडि पर्योि, त्यही विषय पढाउन र त्यसमा डुब्नसक्ने प्रतिभा तथा बानीसमेत परेकाले उहाालाई त्यसैमा आनन्द आयो। उहाामा नक्कली नाम र दामप्रति मोह कहिल्यै देखिएन। महत्वकाङ्क्षा, अहम् र बडप्पनसाग उहाा कहिल्लै नजिकिनुभएन। उहाामा आकर्षक र अदम्य शारीरिक व्यक्तित्वको ठूलो बरदान त छादैथियो। स्वाभिमान, इमान र निष्ठा, उदात्तेता र आदर्शजीवनले असाधारण उचाई अनि वाङ्मयका अनेक विधाका निर्मल ज्ञान, प्रविणता र बहुआयामिक पाण्डित्यले उहाा कसैले गलाउन, हल्लाउन् र झुकाउन नसकिने महापण्डित प्रमाणित हुनुभयो। उहााको विद्यार्थी जीवनरूपी उर्वर नर्सरीमा ज्ञानका सबै विरुवा भरर् उमि्रंदै गए पनि संस्कृत विश्वविद्यालय बगैंचामा त्यसलाई रोप्न र हुर्काउन नपाउादा ठूलो सम्भावनाको आविष्कार हुन नपाएको विद्वान्हरूको गुनासो छ। प्रा. त्रिपाठीजस्तो विद्वान्को विद्वत्ताले संस्कृति विश्वविद्यालयमा पूरै जरा गाड्ने, फैलिने, फुल्नेजस्तो अवसर पाएको भए कस्तो वातावरण तयार हुन्थ्यो होला? भन्ने लोभ धेरै विद्वानहरूमा देखिन्छ। योग्यताविहीन प्रमाणपत्रधारीहरूले भरिादै गएको नेसंविमा प्रा. त्रिपाठीजस्ता प्रेरक व्यक्तिको प्रवेश बेलैमा हुन सकेको भए संस्कृति क्षेत्रमा देखिएको वर्तमान बोक्रेपन र लज्जास्पद स्थितिमा ठूलो परिवर्तन आउन सक्थ्यो भन्ने आशय सयौं मानिसका मुखबाट निस्किएका यथार्थ हुन्। मानिसहरू प्रा. त्रिपाठीलाई गाम्भीर्य गौरव र सर्वज्ञताका त्रिवेणी मान्दछन्। संस्कृतमा कुनै राजाको प्रशंसा निमित्त अभिव्यक्त निम्नलिखित श्लोक पूर्णतयाः प्रा. त्रिपाठीको व्यक्तित्वमा घट्ने तर्क विद्वान्हरूको रहेको छ। गाम्भीर्येण समुदो–;सि गौरवेणा–;सि पवर्तः। कामदत्वाच्च लोकानमसि त्वं कल्पपादयः।। गाम्भीर्यमा तपाईं महासागर हुनुहुन्छ, गौरवमा (उचाई) तपाईं पर्वत हुनुहुन्छ र समाजका मानिसले मागेका सबै कुरा दिने हुादा तपाईं कल्पवृक्ष समान हुनुहुन्छ। प्रस्तुत श्लोकको सामान्यर्थ वा मूल आशय यति नै हो। प्रा. त्रिपाठीका स्वभाव, चिन्तन र व्यत्तित्वसम्बन्धमा विचार गर्दा यो श्लोक ति राजालाई होइन, त्रिपाठीलाई हेरेर लेखेजस्तो प्रतीत हुन्छ। प्रा. त्रिपाठीको बोल्ने शैली, धीर गम्भीर छ। 'मेघगम्भीरया वाचा' भन्ने श्लोकांशको आशयजस्तै उहााको बोली अत्यन्त गम्भीर ओजस्वी र निर्मल छ। जतिसुकै हतार, अप्ठ्यारो, सुखद वा दुःखद् क्षणमा समेत उहाामा समान गाम्भीर्य परिपक्कता र अटल दृष्टिकोण देख्न सकिन्छ। शास्त्रले विद्वान्को जुन लक्ष्यण गरेको हुन्छ, त्यो त्रिपाठीलाई हेरेर बनाएको हो कि जस्तो लाग्दछ। सााच्चै हरेक कुरालाई सजिलोसाग आत्मसात गर्ने र पचाउन सक्ने महासागरजस्तो प्रा. त्रिपाठी मानिसहरूका उदण्डता, अधैर्य, उत्कण्ठा, आधुनिकता, प्राचीनता, आस्तिकता–नास्तिकताजस्ता अनेक विषम् पक्षलाई समेटेर मानव जातिलाई सहज, अटल र वास्तविक स्वरूप देखाउनसक्ने सामर्थ्य राख्नुहुन्छ। जसरी समुन्द्रभित्र जेजस्ता कुरा मिसिन आए पनि ऊ विचलित बन्दैन र आफ्नो स्वरूपमा परिवर्तन ल्याउादैन, त्यस्तै प्रा. त्रिपाठी अनेक युगिन संगति–विसंगति र विषम्तालाई आफूमा पचाएर आफ्नो स्वरूप र सिद्धान्तलाई अटुट बनाउने योग्यता राख्नुहुन्छ। त्यसैले प्रा. त्रिपाठीको बोल्ने शैलीमात्र धीरगम्भीर होइन, विषयवस्तुको ज्ञान पनि गहिरो र विस्तृत छ। तसर्थ प्रा. त्रिपाठी गम्भीर्यमा महासागर नै हुनुहुन्छ। आकाशजस्तो फराकिलो चिन्तन र विचारका कुवेर प्रा. त्रिपाठी अध्ययन, बोध र आचारणका प्रतिमूर्ति नै हुनुहुन्छ। 'आकार–सदृशः प्रज्ञ' (आकारअनुसारको बुद्धि) भनेझैं वा 'यनाकृति स्तत्र गुणाः वसन्ती' (जस्तो आकृति त्यस्तै गुण) भन्ने सिद्धान्तअनुसार प्रा. त्रिपाठीमा शारीरिक र प्राज्ञिक व्यत्तित्वको असाधारण मेल छ। त्यसैले उहाा सााच्चै उचाइमा वा गौरवमा पर्वतै हुनुहुन्छ। जीवनमा सज्जनको संगत सत्ग्रन्थको अध्ययन, सदाचारको परिपालन, स्वाभिमान र निष्ठापूर्ण निर्वाहले प्रा. त्रिपाठीलाई शिखर व्यत्तित्व बनाइएको छ। यस्ता आचरणमा प्रा. त्रिपाठी पहाडझै अटल र सबैभन्दा अग्ला नेपाली नागरिक हुनुहुन्छ। प्रा. त्रिपाठीमा यस्ता गौरवका अनेकौं शृङ्खला छन्, जुन एउटा होइन, सयौं पहाड बनेर उभिएका छन्। उहाासाग महान् गौरवका सयौं घटनाहरू जोडिएका छन्। अमर अग्रज र पूर्वजहरूको संगत, अथाह ज्ञानभण्डारको सेवन प्रज्ञामय जीवनमा यात्रा र प्रतिभा व्युत्पत्तिको विस्मयकारी बेजोडशक्ति प्रदर्शनको इतिहासको बनिसक्नु भएका प्रा. त्रिपाठीका व्यत्तित्वमा अनेक उचाइ र गौरव छन्। जसले उहाालाई पहाडझैं अग्लो अस्तित्वको महान् आत्मसिद्ध गर्दछन्। तसर्थ, प्रा.त्रिपाठी गौरवको पर्वतै हुनुहुन्छ। त्यसैगरी प्रा. त्रिपाठीको असाधारण व्यत्तित्व हो, जसले जे माग्यो त्यही दिनसक्ने क्षमता। जाली, फटाहा, लुच्चा, चोर, शासक, प्रशासक र विद्वानलाई समेत तर्साउने प्रा. त्रिपाठीको व्यत्तित्वमा प्राज्ञिक क्षेत्रका जुन मानिस हो, जे मागे पनि दिन सक्ने, असाधारण क्षमताको सिर्जना हुनुलाई धेरै विद्वानहरू नेपाल राष्ट्रको गौरव र आफ्नो अहोभाग्य ठान्छन्। 'जीवनभरि नेपाली पढाएको एउटा शिक्षकसाग संस्कृत विश्वविद्यालयका धर्मशास्त्र, वेद, वेदान्त, व्याकरण, ज्योतिष, मीमांसा, साहित्यजस्ता दर्जनौं विषयका अध्यापक र विभागाध्यक्षसमेत आ–आफ्ना विषयका गम्भीर जिज्ञाशा लिएर पुगेका र चित्तबुझ्दो शास्त्रसम्वत् उत्तर पाएर सहस्र उहााको प्रशंसा गर्दै घर फर्किएका उदाहरण धेरै मानिसहरूले प्रत्यक्ष त देखेका छन्। त्यसैले प्रा. त्रिपाठी कतिपय विद्वानका नजरमा कहााकहाा कतिकति गहिरो छ, र कहाा कति फैलावट छ, छामेर थाहा नपाइने अगाध समुन्द्र अनुभव हुनुभयो भने कतिपयका अनुभवमा उचाइ नाप्नै नसकिने पर्वत प्रमाणित हुनुभयो। सााच्चै नै प्रा.त्रिपाठी जे मागे पनि दिनसक्ने मूर्तिवान् कल्पवृक्षसिद्ध हुनुभयो। कोही त्रिपाठीकहाा साहित्य माग्न आउाछ र त्रिपाठीबाट हिन्दी, नेपाली, बंगाली र संस्कृतिका काव्य र काव्यास्त्रसम्बन्धी आधिकारिक खजानाको भारी बोकेर घर फर्कन्छ। कोही ज्योतिषको फलादेश, चिना–टिप्पणी माग्न आउाछ र मागेभन्दा बढी ज्योतिषको महत्व, त्यसको वैज्ञानिकता, ज्योतिषशास्त्रप्रतिको विशिष्ट श्रद्धा, फलादेश, चिना–टिप्पणी र भविष्य दृष्टिसमेत लिएर घर फर्किन्छ। त्रिपाठीकहाा कुनै वैदिक सामवेदको जिज्ञासा लिएर आउाछ र फर्कंदा चौरवेदका महत्तामहिमा र पार्थक्य तथा वैज्ञानिकताको भारी हालेर घर फर्कन्छ। कुनै धर्मशास्त्री निर्णयसिन्धुले निर्णय दिन सकेन भन्दै त्रिपाठीको ढोका ढक्ढकाउाछ र उत्तर सुनिसक्दा ठूलो आत्मबलसहित घर फर्कन्छ। सोधकर्ता त्रिपाठीकहाा प्रश्नैप्रश्नका रित्ता भााडा तेर्साउाछन् र त्रिपाठीका उत्तरले भरिएपछि प्रसन्न हुादै घर फर्कन्छन् र आफ्नो अनुसन्धानको बाटो भेट्छन्। कतिपय पौराणिक बाटैमा त्रिपाठीलाई श्रीमद्भागवतको लम्बाई, चौडाइ र गहिराई नापि दिन अनुरोध गर्दछन् र त्रिपाठीबाट श्रीमद्भागवतको आयाम र आयतन दुवै सुनेर टाउको हल्लाउादै (खोजेको कुरा पाएर) गन्तव्यतर्फ अघि लाग्छन्। कतिपय त्रिविका गुरु चेला दुवैथरी प्रा.त्रिपाठीलाई पूर्वीय र पाश्चात्य दर्शनको गहिर्यानई पत्ता लगाइदिन अनुरोध गर्दछन्। त्रिपाठीबाट दुवैतिरको गहिर्या ई नापिादै गर्दा पूर्वीय दर्शनप्रति बढी आकर्षित हुादै र त्यसको व्यापकताप्रति आत्तिादै खुसीले घर फर्किन्छन्। त्यसैगरी कहिलेकहीा प्रा. त्रिपाठीलाई प्रवचनकर्ता पण्डितहरू गीताको गाम्भीर्य नापिदिन र वजन तौलिदिन अनुरोध गर्दछन् र प्रा. त्रिपाठीलाई घण्टौं गणितांकमा पौडी खेल्न लागेको देखेपछि आफ्नो प्रवचनलाई धिक्कार्न पुग्छन्। त्यतिमात्र होइन, प्रा. त्रिपाठी कोही वतृत्वकला लिन आउाछन् त कोही वादविवादकला, कोही निबन्धकला त कोही काव्यकला। यसरी प्रा. त्रिपाठीलाई दिन होइन सबै उहााबाट लिनकै लागि आउाछन्। नलिइ कोही फर्किंदैनन्। उहाा सााच्चै मानवले प्रत्यक्षरूपमा देख्न सकिने कल्पवृक्ष नै हो भन्ने नेपालीहरूको प्रशंसाका एकमात्र जीवित इतिहास हुनुहुन्छ। ज्ञान संसारमा उभिएर त्रिपाठीसाग जसले जे माग्यो, त्यो पायो। उहाासाग अप्रभावित कोही रहेन। उहाासाग रहेनछ भनेर कोही फर्किएन। उहााको ज्ञान कसैलाई सामान्य लागेन सबैलाई असाधारण लाग्यो। रेडियो नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर एफएम, कान्तिपुर टेलिभिजन तथा अनेकौं एफएम, पत्रपत्रिका र प्रसारण संस्थाहरूलाई धार्मिक विषय प्रवाह गर्ने आधिकारिक पुस्तकालय नै हुनुभयो प्रा. त्रिपाठी। उहााको दैलामा जिज्ञासु बनेर कुन क्षेत्र उभिएन? र कुन क्षेत्र रित्तो हात घर फर्कियो? यस्ता सयौं प्रश्नका उत्तर नेपालका सामान्य मानिसमात्र होइन, विशिष्ट विद्वानहरूलाई समेत थाहा छैन। प्रा. त्रिपाठी विद्यालय, महाविद्यालयमा, घरमा, बाटामा, बसमा, यात्रा गर्दैको अवस्थामा समेत जिज्ञासुहरूका उत्तर बनेर बगिरहनुभयो। यत्रो ठूलो विद्वानले पााच मिनेट समय दिनुहोला भन्ने जिज्ञासा राख्ने सामान्यभन्दा सामान्य मानिसले पनि उहााको घण्टासम्मको सहचार्य पाए। नसोचेको कुरा पाइनु र मागेभन्दा बढी पाउनु प्रा. त्रिपाठीका सान्निध्यका विशेषता नै हुन्। बोल्दा, लेख्दा र सिकाउादा समानरूपमा मानक नेपाली वाक्यहरू निर्मल झरनाझैं निरन्तर उत्साहपूर्वक प्रभावोत्पादक रूपमा बगाइरहने त्रिपाठीले सामान्य व्यक्ति, जिज्ञासु, विद्वान्, विद्यालय, विश्वविद्यालय र अनेक सञ्चार संस्थाहरूलाई मागेभन्दा बढी समय कसरी दिन सक्नुभयो? सबैजसो संस्थामा पैदल हिंडेर पुग्दा पनि कसरी अचुक प्राध्यापक बन्नुभयो? एकैदिनमा आधा दर्जन संस्थामा पढाउन पुग्ने त्रिपाठीको समयतालिकामा असाधारण, सन्तुलन र समन्वय देख्ता जो कोही आश्चर्यचकित हुन्थे। किनकि मोटरसाइकलमा कुदेर सबैतिर कण्ठभइसकेको एउटै कुरा भट्टाउादै हिाड्नुजस्तै सजिलो थिएन, प्रा. त्रिपाठीको प्राध्यापन यात्रा। प्रायः त्रिपाठी एक्लै हिाड्ने मानिस हुनुहुन्थेन। उहाा राष्ट्रका अनेक विद्वत्केन्द्र र सञ्चारसंस्थाबाट उठेका अनेकौं गहन प्रश्नका उत्तरको भारी बोकेर हिाड्नुहुन्थ्यो। त्यसका लागि उहााले घरमा छुट्टै गहन शास्त्रानुसन्धान, ग्रन्थानुशीलन र अध्यवसाय जारी राख्नु जरुरी पर्दथ्यो। प्रत्येक बिहान २ घण्टा स्नान, ध्यान, पूजा र नित्यकर्म (नित्यानुष्ठान) समेत सम्पन्न गर्नुहुने त्रिपाठीले समयको तारतम्य कसरी मिलाउनु भयो त? हरेक मानिसलाई आश्चर्य लाग्छ। बिहानबेलुकाको नित्य पूजापाठ, आधादर्जन संघसंस्थामा अध्यापन, सञ्चारसंस्थामा प्रवचन, पत्रिकाहरूमा लेख, जिज्ञासुहरूसाग भेट, निमन्त्रण–आमन्त्रणहरूमा उपस्थिति आदि सम्झादै कहालीलाग्दो समयतालिकाको निर्वाह कसरी सम्भव भयो? प्रा. त्रिपाठीबाट जम्मा २४ घण्टामा नित्य गर्नुपर्ने कार्यहरू यति धेरै निस्किएपछि प्रत्येक क्षेत्रमा अचुक बन्ने कसरी? स्वास्थ्यले सधैं साथ दियो कसरी? के सामान्य मानिस प्रा. त्रिपाठीजस्तै दिनको तीन/चार घण्टामात्र सुतेर आधा सताब्दीसम्म पूर्ण आकर्षक शारीरिक व्यक्तित्वका साथ असाधारण प्राध्यापकीय जीवन निर्वाह गर्न सक्छन्? के दिनको ३ घण्टामात्र सुतेर विद्यार्थीहरू २१ घण्टालाई शैक्षिक प्रयोजनका निमित्त खर्च गरी स्वस्थ रहन सक्छन्? यस्ता अनेक प्रश्नका उत्तरसमेत आगामी अङ्कमा यथाक्रम, यथास्थान, यथाप्रसंग आउनेछन्। माथि उठाएका प्रश्न तब सक्रिय हुनेछन्, जब पाठक वर्गमा प्रा. त्रिपाठीका विषयमा अझै बढी कौतुहल पैदा हुनेछन् र उत्कण्ठा जन्मिनेछन्। त्यसैअर्थमा प्रस्तुत लेखमा प्रा. त्रिपाठीलाई कल्पवृक्षसाग तुलना गर्न खोजिएको हो। प्रा. त्रिपाठीलाई चरित्रको गहिराई, स्वभावको गहिराई र शास्त्राध्यानको गहिराई तथा जन्मसिद्ध धीरगम्भीर स्वभावले गर्दा महासागर प्रमाणित गर्ने कुरासमेत गरियो भने हृदयको उदण्डता, शास्त्रको मर्मज्ञता, चिन्तनको उचाइले गर्दा उहाालाई पर्वतै मान्ने विद्वान्हरूको कमी छैन नेपालमा। अत्यन्त आकर्षक, तेजस्वी र गौरवशाली शारीरिक व्यक्तित्वमा त्यो भन्दा धेरै उच्च बौद्धिक व्यक्तित्व थपिनाले प्रा. त्रिपाठी सााच्चै नै शिखर व्यक्तित्व हुनुहुन्छ।