Monday, June 13, 2011
Tuesday, April 12, 2011
त्रिपाठीप्रति श्रद्धाञ्जली - Nepal Samacharpatra daily
काठमाडांै, (नेस) नेपाली भाषा, साहित्य एवम् पर्ूर्वीय वाङ्मयका मूधन्य विद्वान् विद्वत्केशरी प्रा. जगन्नाथ शर्मा त्रिपाठीको तेह्रौं दिनको पुण्यतिथिमा बुधबार राजधानीमा श्रद्धाञ्जलीसभा आयोजना गरियो।
सो सभा जगन्नाथ शर्मा त्रिपाठी राष्ट्रिय अभिनन्दन तथा ग्रन्थ प्रकाशन समितिको आयोजनामा गरिएको थियो। सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. माधव शर्माले नेपाली साहित्य एवम् संस्कृतिका क्षेत्रमा त्रिपाठीले गरेको योगदान अतुलनीय छ, त्यसैले उहाँजस्ता विद्वान्को बेलैमा राष्ट्रिय अभिनन्दन गरेर समितिले प्रशंसनीय काम गरेको बताउनुभयो।
सभामा प्राध्यापक गोपीकृष्ण शर्मा, अच्युतरमण अधिकारी, पर्ूवराजदूत डा. विष्णुहरि नेपाल, प्रा. डा. टीकाराम अधिकारी, चूडामणि गौतम, प्रा. कोषराज न्यौपाने, आत्मकृष्ण श्रेष्ठ, रमेश भट्टर्राई, नवराज कट्टेल, जनार्दन घिमिरे एवम् समितिका सदस्य-सचिव मुकुन्द लामिछानेलगायतले स्व. त्रिपाठीको बहुआयामिक व्यक्तित्वबारे प्रकाश पार्दै ब्र³मलीन आत्मप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। कार्यक्रम समितिका संयोजक गोपाल थपलियाको सभापतित्वमा भएको थियो।

भाषाविद् तथा साहित्यकार त्रिपाठी रहेनन् - rajdhani daily
काठमाडौं, ११ चैत
भाषाविद् तथा साहित्यकार जगन्नाथ त्रिपाठीको ८१ वर्षो उमेरमा शुक्रबार बिहान आङ्खनै निवासमा निधन भएको छ ।
दर्ुइ वर्षेखि दुवै मिर्गौलाले काम नगरेपछि त्रिपाठीलाई साताको दर्ुइपटक डायलोसिस गरि“दै आएको थियो । दोलखा सुनखानी गाविसमा ८ वैशाख १९८६ सालमा जन्मिएका त्रिपाठीले २१ वर्षो उमेरमा भारतबाट औपचारिक श्ािक्षा लिएका थिए ।
बिहीबार बेलुका परिवारस“गै खानपिन र कुराकानी गरी सुतेका त्रिपाठी शुक्रबार बिहान दूध खाएर बोल्दाबोल्दै दिवंगत भएको उनका माइला छोरा कुमार त्रिपाठीले जानकारी दिए ।
नेपाली व्याकरणविज्ञ त्रिपाठीको पार्थिव शरीर नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भनिए पनि 'मरेपछि प्रतिष्ठानमा नराख्नू' भन्ने उनको इच्छाबमोजिम नराखिएको कुमारले जनाए । साहित्यकार त्रिपाठीलाई शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
नेपाली, अंग्रेजीलगायतका भाषामा दक्षता हासिल गरेका त्रिपाठीलाई उनको योगदानको कदर गर्दै गत २३ माघमा राष्ट्रिय अभिनन्दनसहित 'विद्योतकेशरी' पदवीबाट सम्मान गरिएको थियो ।
उनीबारे ग्रन्थ भने जन्मजयन्तीको अवसरमा आगामी ८ वैशाखमा र्सार्वजनिक गर्ने तयारी भइरहेको छ । त्रिपाठीका श्रीमती, दर्ुइ छोरी र पाँच छोरा छन् ।

नेपाली भाषा र धर्म संस्कृतिको उत्थानमा समर्पित जगन्नाथ त्रिपाठीको निधन - imagechannels
नेपाली भाषा र धर्म संस्कृतिको उत्थानमा समर्पित ब्यक्तित्व जगन्नाथ शर्मा त्रिपाठीको ८४ वर्षको उमेरमा आज निधन भयो । उहां २ वर्ष अघिदेखि मृगौला रोगबाट ग्रसित हुनुहुन्थ्यो । प्राचीन दर्शन, बौद्ध, जैन चावार्क अर्वाचीन दर्शन र धर्मशास्त्रमा पोख्त उहाँले लामो समय अध्यापन गराउनुका साथै पुस्तकहरु लेख्नु भएको थियो । उहाँले त्रिचन्द्र र पद्यकन्या कलेजमा ३० बर्ष अध्यापन गराउनु भएको थियो । दोलखामा जन्मेर दार्जलिङमा अध्ययन गर्नुभएका त्रिपाठीले नेपाली साहित्य क्षेत्रमा पनि निकै धेरै योगदान गर्नुभयो । भाषा र साहित्य शुद्ध लेखिनुपर्ने, मौलिक संस्कृति जोगाउनु पर्ने र नागरिक सज्जन हुनुपर्ने त्रिपाठीको मान्यता थियो । उहांको अन्त्येष्टी आजै पशुपति आर्यघाटमा गरिदैछ ।
भाषाविद् तथा साहित्यकार स्वर्गीय त्रिपाठीप्रति श्रद्धाञ्जलि - नेपाल दुबई डट कम
स्रष्टा समाज दोलखाले भाषाविद् तथा साहित्यकार प्रा.स्वर्गीय जगन्नाथ त्रिपाठीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
समाजले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभामा बोल्दै नेकपा (एमाले) का पोलिटब्युरो सदस्य पशुपति चौलगाईंले स्व. त्रिपाठीले राष्ट्रलाई दिनुभएका कृतिहरू सार्वजनिक गरेमा उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।
नेपाली काँग्रेस दोलखाका सभापति ताराबहादुर कोइरालाले प्रा. त्रिपाठी दोलखालीको मात्र नभएर सिङ्गो राष्ट्रको स्रस्टा भएकाले उहाँबाट अरुले प्रेरणा लिनुपर्ने बताउनुभयो ।
पत्रकार गोपाल थपलियाले नेपाली व्याकरणको विकासका साथै पुराणको वैज्ञानिक व्याख्या गर्न समेत सफल स्वर्गीय त्रिपाठीमा अद्भूत ज्ञान भएको भए पनि राष्ट्रले उहाँलाई चिन्न नसकेको धारणा व्यक्त गर्नुभयो ।
श्रद्धाञ्जलिसभामा नेकपा (एमाले) दोलखाका पूर्व सभापति लालकुमार केसी, एमाओवादी केन्द्रीय सदस्य जितबीर लामा, पूर्व राजदूत डा. विष्णुहरि नेपाल, स्रस्टा समाज दोलखाका अध्यक्ष मदनदास श्रेष्ठ, दोलखाली पत्रकार समाजका अध्यक्ष बालकृष्ण बस्नेतलगायतले स्व. त्रिपाठीको साहित्यिक योगदानको चर्चा गर्दै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । साहित्यकार त्रिपाठीको यही चैत ११ गते निधन भएको थियो ।

श्रद्धाञ्जलि - सुरज कुँवर,कान्तिपुर
पूर्वीय र पाश्चात्य साहित्यको उत्तिकै सहजतासाथ समालोचन गर्ने, नेपालीसहित पाली, संस्कृत, अंग्रेजी, हिन्दी, बङ्ला र उर्दूको ज्ञान बटुलेका प्राध्यापक जगन्नाथ शर्मा त्रिपाठीको चैत ११ गते निधन भयो । उनी ८१ वर्षका थिए । २२ वर्षयता उनलाई मधुमेहबाट पीडित उनका दुवै मृगौला बेकामे भएपछि मृत्यु भएको थियो ।
जीवनका ५४ वर्ष हजारौं नेपाली भाषाका विद्यार्थीलाई खर्चिएका उनी दुई वर्षअघिसम्म नयाँ बानेश्वरको डनबस्को कलेजमा पढाउँथे । मृत्युको केही महिनाअघि नागरिक स्तरबाट उनलाई 'विद्वत् केशरी' को उपाधि मिलेको थियो । उनले त्रिचन्द्र र पद्मकन्या क्याम्पसमा ३० वर्ष पढाएका थिए । २१ वर्षको हुँदा औपचारिक पढाइ थालेका उनले स्नातक कलकत्ता विश्वविद्यालयबाट गरेका थिए । जन्मस्थल दोलखाको सुनखानीमै बुवा र हजुरबुवाबाट धूलौटो कोरेर अक्षर र संस्कृत सिकेका उनी आध्यात्मिक ज्ञानका स्रोत थिए । बौद्ध धर्म र गणितीय ज्योतीषशास्त्रबारे उनलाई राम्रो ज्ञान थियो । परिवारका अनुसार उनले कहिल्यै घरबाहिर भोजन गरेनन् । प्रायः हिँड्न रुचाउने उनी पछिल्ला वर्षमा पनि सार्वजनिक सवारीसाधन चढेरै कलेज पुग्थे । अन्तिम क्षणसम्म विद्यार्थीकै सहयोगमा हाजिर हुने त्रिपाठीले शिक्षण पेसा दार्जिलिङबाट सुरु गरेका थिए । अनुवादसहित ७ वटा आधुनिक व्याकरण लेखेका उनले शोध अनुसन्धानमा चाहेजस्तो समय निकाल्न नसकेको उनका ज्वाइँ रमेश भट्टराईले बताए । शिक्षण पेसाबाट मिलेको पारिश्रमिकबाटै उनले पाँच छोरा र दुई छोरीलाई उच्च शिक्षा दिलाए । काठमाडौं सिनामंगलमा बस्दै आएका त्रिपाठी २०२९ सालमा दोलखाबाट राजधानी बसाइँ सरेका थिए ।
नेपाली विद्वत्समाजका असाधारण विद्वान जगन्नाथ शर्मा त्रिपाठी ―उप. मुकुन्दप्रसाद लामिछाने
कुनै बेला माध्यमिक विद्यालयमा पढाइने अंग्रेजी, गणित, नेपाली, सामाजिक र विज्ञानलगायतका सबै विषय एक्लै पढाउने प्रा. जगन्नाथ शर्मा त्रिपाठी वाङ्मयका प्रायः सबै विषयमा असामान्यमा विद्वत्ता हासिल गर्ने नेपाली विद्वत्ता हुनुहुन्छ। मूलतः संस्कृत विश्वविद्यालयहरूमा पढाइने प्रायः आचार्यसम्मका सबै विषय पढाउने क्षमता राख्नुहुने प्रा. त्रिपाठी नेपाली समाजका त्यस्ता विद्वान् हुनुहुन्छ, जो विवाह, ब्रतबन्ध, यज्ञ, पुराणवाचनलगायतका कर्मकाण्डका सम्पूर्ण पद्धति गर्न–गराउन सक्नुहुन्छ र घामझै छर्लङ्ग हुनेगरी धार्मिक र वैज्ञानिक महत्वसमेत स्पष्ट गर्न सक्नुहुन्छ। कर्मकाण्डलाई अन्धविश्वास मान्नेहरू त्रिपाठीको कर्मकाण्ड गराइ र त्यसको व्यवहारबाट कर्मकाण्डप्रति अन्धभक्तै बन्नेसम्मको स्थितिमा पुगेका दर्जनौं उदाहरण छन्। त्रिपाठीका विषयमा चर्चा गर्दा फेरि एकपटक एउटा प्रश्न दोहोर्यामउन मन लाग्छ। त्रिपाठीबाहेक नेपालमा कुनै त्यस्तो शिक्षक छ, जसको त्रिपाठीको जस्तो व्यत्तित्व छ र त्रिपाठीले गरेका यी सबै कार्य गराउन सक्तछ। त्रिपाठी आधुनिक महाविद्यालय (क्याम्पस) मा आईएदेखि स्नातकोत्तरसम्मका सबै विषय एक्लै पढाउन सक्ने नेपालका असाधारण विद्वान् शंकरदेव पन्तको विद्वत्ताको मुक्तकण्ठले प्रशंसा गर्नहुन्छ। जो शंकरदेव क्याम्पस (तत्कालीन नेशनल कलेज) का संस्थापक थिए। प्रा. त्रिपाठी एमएसम्मका प्रायः सबै विषय एक्लै पढाएर आफ्ना विद्यार्थीलाई पटना युनिभर्सिटीका बोर्ड फस्ट निकाल्न सक्ने विलक्षण विद्वान् पन्तको प्रज्ञाबाट निकै प्रभावित हुनुहुन्छ। प्रा. त्रिपाठी पूर्वीय वाङ्मयका मूर्धन्य भएर पनि सुदीर्घ पेशागत जीवनमा त्यो उहााको मूल कार्यक्षेत्र नबन्नु नेपालकै लागि विडम्बनाको विषय हो। ५८ वर्षीय सुदीर्घ प्राध्यापन यात्रामा प्रा.त्रिपाठीले मूलतः नेपाली भाषा–साहित्य नै पढाउनुभयो। यद्यपि, नेपाली भाषाले त्रिपाठीजस्तो पूर्वीय साहित्य र दर्शनका तलस्पर्शी विद्वान्लाई प्राप्त गर्नु नेपाली भाषा साहित्यलाई गौरवको विषय हो। तथापि, नेपालको एकमात्र संस्कृत–विश्वविद्यालय ने.सं.वि.ले चारै वेद प्रायः सबै उपनिषद् पुराण, रामायण, महाभारत, पूर्वीय र पाश्चात्य सबै दर्शनका महान् विद्वानलाई आफ्नो कुनै पनि अङ्गमा स्थान दिन नसक्नु अत्यन्तै ठूलो विडम्बनाको विषय हो। पूर्वीय वाङ्मयको यति ठूलो विद्वानको शैक्षिक सेवा लिन नसक्नु विश्वविद्यालयको दुर्भाग्य हो भने यति ठूलो संस्कृतिको विद्वान्ले नेपाल संस्कृति विश्वविद्यालयको कुनै पनि विभागमा औपचारिक कक्षा अध्यापन गर्न नसक्नु स्वयम् त्रिपाठीकै लागि पनि अत्यन्त विषाद्योग्य र पीडादायी विषय हो। तर, प्रा. त्रिपाठीको अध्यापन यात्रा पूरापूर कर्मयोगी बनेकाले अगाडि जहााजहाा र जुनजुन विषय पढाउादै जानुपर्छ, त्यहींत्यहीं पढाउादै जानुभयो। उहाा जागिरलाई बोलाउादै संस्थासंस्था चाहर्दै कहिल्यै हिाड्नु भएन। जागिरले जहााजहाा उहाालाई बोलायो, उहाा त्यहीत्यही निमन्त्रणा प्राप्त ठाउामा मात्र पुग्नुभयो। त्यसैले उहााले जागिर होइन, जागिरले नै उहाालाई खोज्यो। उहाालाई जागिरले जस्तो प्रस्ताव गर्योय, त्यस्तै शिक्षा सेवा गर्दै हिाड्नुभयो। ५८ वर्षको सुदीर्घ शैक्षिक यात्रामा उहाा कुनै पनि दिन थकित अशक्त र अनुत्साही देखिनुभएन। उहाामा सदासर्वदा यस्तो तयारी तत्परता र सावधानी रहिरर्योो कि मानौं उहाा पढाउनकै लागि जन्मनुभएको थियो। उहाा कतिपय विद्वान्हरूका नजरमा भगवानका अन्य अवतारजस्तै एउटा शिक्षक अवतार अनुभूत हुनुभयो। जुन विषय अगाडि पर्योि, त्यही विषय पढाउन र त्यसमा डुब्नसक्ने प्रतिभा तथा बानीसमेत परेकाले उहाालाई त्यसैमा आनन्द आयो। उहाामा नक्कली नाम र दामप्रति मोह कहिल्यै देखिएन। महत्वकाङ्क्षा, अहम् र बडप्पनसाग उहाा कहिल्लै नजिकिनुभएन। उहाामा आकर्षक र अदम्य शारीरिक व्यक्तित्वको ठूलो बरदान त छादैथियो। स्वाभिमान, इमान र निष्ठा, उदात्तेता र आदर्शजीवनले असाधारण उचाई अनि वाङ्मयका अनेक विधाका निर्मल ज्ञान, प्रविणता र बहुआयामिक पाण्डित्यले उहाा कसैले गलाउन, हल्लाउन् र झुकाउन नसकिने महापण्डित प्रमाणित हुनुभयो। उहााको विद्यार्थी जीवनरूपी उर्वर नर्सरीमा ज्ञानका सबै विरुवा भरर् उमि्रंदै गए पनि संस्कृत विश्वविद्यालय बगैंचामा त्यसलाई रोप्न र हुर्काउन नपाउादा ठूलो सम्भावनाको आविष्कार हुन नपाएको विद्वान्हरूको गुनासो छ। प्रा. त्रिपाठीजस्तो विद्वान्को विद्वत्ताले संस्कृति विश्वविद्यालयमा पूरै जरा गाड्ने, फैलिने, फुल्नेजस्तो अवसर पाएको भए कस्तो वातावरण तयार हुन्थ्यो होला? भन्ने लोभ धेरै विद्वानहरूमा देखिन्छ। योग्यताविहीन प्रमाणपत्रधारीहरूले भरिादै गएको नेसंविमा प्रा. त्रिपाठीजस्ता प्रेरक व्यक्तिको प्रवेश बेलैमा हुन सकेको भए संस्कृति क्षेत्रमा देखिएको वर्तमान बोक्रेपन र लज्जास्पद स्थितिमा ठूलो परिवर्तन आउन सक्थ्यो भन्ने आशय सयौं मानिसका मुखबाट निस्किएका यथार्थ हुन्। मानिसहरू प्रा. त्रिपाठीलाई गाम्भीर्य गौरव र सर्वज्ञताका त्रिवेणी मान्दछन्। संस्कृतमा कुनै राजाको प्रशंसा निमित्त अभिव्यक्त निम्नलिखित श्लोक पूर्णतयाः प्रा. त्रिपाठीको व्यक्तित्वमा घट्ने तर्क विद्वान्हरूको रहेको छ। गाम्भीर्येण समुदो–;सि गौरवेणा–;सि पवर्तः। कामदत्वाच्च लोकानमसि त्वं कल्पपादयः।। गाम्भीर्यमा तपाईं महासागर हुनुहुन्छ, गौरवमा (उचाई) तपाईं पर्वत हुनुहुन्छ र समाजका मानिसले मागेका सबै कुरा दिने हुादा तपाईं कल्पवृक्ष समान हुनुहुन्छ। प्रस्तुत श्लोकको सामान्यर्थ वा मूल आशय यति नै हो। प्रा. त्रिपाठीका स्वभाव, चिन्तन र व्यत्तित्वसम्बन्धमा विचार गर्दा यो श्लोक ति राजालाई होइन, त्रिपाठीलाई हेरेर लेखेजस्तो प्रतीत हुन्छ। प्रा. त्रिपाठीको बोल्ने शैली, धीर गम्भीर छ। 'मेघगम्भीरया वाचा' भन्ने श्लोकांशको आशयजस्तै उहााको बोली अत्यन्त गम्भीर ओजस्वी र निर्मल छ। जतिसुकै हतार, अप्ठ्यारो, सुखद वा दुःखद् क्षणमा समेत उहाामा समान गाम्भीर्य परिपक्कता र अटल दृष्टिकोण देख्न सकिन्छ। शास्त्रले विद्वान्को जुन लक्ष्यण गरेको हुन्छ, त्यो त्रिपाठीलाई हेरेर बनाएको हो कि जस्तो लाग्दछ। सााच्चै हरेक कुरालाई सजिलोसाग आत्मसात गर्ने र पचाउन सक्ने महासागरजस्तो प्रा. त्रिपाठी मानिसहरूका उदण्डता, अधैर्य, उत्कण्ठा, आधुनिकता, प्राचीनता, आस्तिकता–नास्तिकताजस्ता अनेक विषम् पक्षलाई समेटेर मानव जातिलाई सहज, अटल र वास्तविक स्वरूप देखाउनसक्ने सामर्थ्य राख्नुहुन्छ। जसरी समुन्द्रभित्र जेजस्ता कुरा मिसिन आए पनि ऊ विचलित बन्दैन र आफ्नो स्वरूपमा परिवर्तन ल्याउादैन, त्यस्तै प्रा. त्रिपाठी अनेक युगिन संगति–विसंगति र विषम्तालाई आफूमा पचाएर आफ्नो स्वरूप र सिद्धान्तलाई अटुट बनाउने योग्यता राख्नुहुन्छ। त्यसैले प्रा. त्रिपाठीको बोल्ने शैलीमात्र धीरगम्भीर होइन, विषयवस्तुको ज्ञान पनि गहिरो र विस्तृत छ। तसर्थ प्रा. त्रिपाठी गम्भीर्यमा महासागर नै हुनुहुन्छ। आकाशजस्तो फराकिलो चिन्तन र विचारका कुवेर प्रा. त्रिपाठी अध्ययन, बोध र आचारणका प्रतिमूर्ति नै हुनुहुन्छ। 'आकार–सदृशः प्रज्ञ' (आकारअनुसारको बुद्धि) भनेझैं वा 'यनाकृति स्तत्र गुणाः वसन्ती' (जस्तो आकृति त्यस्तै गुण) भन्ने सिद्धान्तअनुसार प्रा. त्रिपाठीमा शारीरिक र प्राज्ञिक व्यत्तित्वको असाधारण मेल छ। त्यसैले उहाा सााच्चै उचाइमा वा गौरवमा पर्वतै हुनुहुन्छ। जीवनमा सज्जनको संगत सत्ग्रन्थको अध्ययन, सदाचारको परिपालन, स्वाभिमान र निष्ठापूर्ण निर्वाहले प्रा. त्रिपाठीलाई शिखर व्यत्तित्व बनाइएको छ। यस्ता आचरणमा प्रा. त्रिपाठी पहाडझै अटल र सबैभन्दा अग्ला नेपाली नागरिक हुनुहुन्छ। प्रा. त्रिपाठीमा यस्ता गौरवका अनेकौं शृङ्खला छन्, जुन एउटा होइन, सयौं पहाड बनेर उभिएका छन्। उहाासाग महान् गौरवका सयौं घटनाहरू जोडिएका छन्। अमर अग्रज र पूर्वजहरूको संगत, अथाह ज्ञानभण्डारको सेवन प्रज्ञामय जीवनमा यात्रा र प्रतिभा व्युत्पत्तिको विस्मयकारी बेजोडशक्ति प्रदर्शनको इतिहासको बनिसक्नु भएका प्रा. त्रिपाठीका व्यत्तित्वमा अनेक उचाइ र गौरव छन्। जसले उहाालाई पहाडझैं अग्लो अस्तित्वको महान् आत्मसिद्ध गर्दछन्। तसर्थ, प्रा.त्रिपाठी गौरवको पर्वतै हुनुहुन्छ। त्यसैगरी प्रा. त्रिपाठीको असाधारण व्यत्तित्व हो, जसले जे माग्यो त्यही दिनसक्ने क्षमता। जाली, फटाहा, लुच्चा, चोर, शासक, प्रशासक र विद्वानलाई समेत तर्साउने प्रा. त्रिपाठीको व्यत्तित्वमा प्राज्ञिक क्षेत्रका जुन मानिस हो, जे मागे पनि दिन सक्ने, असाधारण क्षमताको सिर्जना हुनुलाई धेरै विद्वानहरू नेपाल राष्ट्रको गौरव र आफ्नो अहोभाग्य ठान्छन्। 'जीवनभरि नेपाली पढाएको एउटा शिक्षकसाग संस्कृत विश्वविद्यालयका धर्मशास्त्र, वेद, वेदान्त, व्याकरण, ज्योतिष, मीमांसा, साहित्यजस्ता दर्जनौं विषयका अध्यापक र विभागाध्यक्षसमेत आ–आफ्ना विषयका गम्भीर जिज्ञाशा लिएर पुगेका र चित्तबुझ्दो शास्त्रसम्वत् उत्तर पाएर सहस्र उहााको प्रशंसा गर्दै घर फर्किएका उदाहरण धेरै मानिसहरूले प्रत्यक्ष त देखेका छन्। त्यसैले प्रा. त्रिपाठी कतिपय विद्वानका नजरमा कहााकहाा कतिकति गहिरो छ, र कहाा कति फैलावट छ, छामेर थाहा नपाइने अगाध समुन्द्र अनुभव हुनुभयो भने कतिपयका अनुभवमा उचाइ नाप्नै नसकिने पर्वत प्रमाणित हुनुभयो। सााच्चै नै प्रा.त्रिपाठी जे मागे पनि दिनसक्ने मूर्तिवान् कल्पवृक्षसिद्ध हुनुभयो। कोही त्रिपाठीकहाा साहित्य माग्न आउाछ र त्रिपाठीबाट हिन्दी, नेपाली, बंगाली र संस्कृतिका काव्य र काव्यास्त्रसम्बन्धी आधिकारिक खजानाको भारी बोकेर घर फर्कन्छ। कोही ज्योतिषको फलादेश, चिना–टिप्पणी माग्न आउाछ र मागेभन्दा बढी ज्योतिषको महत्व, त्यसको वैज्ञानिकता, ज्योतिषशास्त्रप्रतिको विशिष्ट श्रद्धा, फलादेश, चिना–टिप्पणी र भविष्य दृष्टिसमेत लिएर घर फर्किन्छ। त्रिपाठीकहाा कुनै वैदिक सामवेदको जिज्ञासा लिएर आउाछ र फर्कंदा चौरवेदका महत्तामहिमा र पार्थक्य तथा वैज्ञानिकताको भारी हालेर घर फर्कन्छ। कुनै धर्मशास्त्री निर्णयसिन्धुले निर्णय दिन सकेन भन्दै त्रिपाठीको ढोका ढक्ढकाउाछ र उत्तर सुनिसक्दा ठूलो आत्मबलसहित घर फर्कन्छ। सोधकर्ता त्रिपाठीकहाा प्रश्नैप्रश्नका रित्ता भााडा तेर्साउाछन् र त्रिपाठीका उत्तरले भरिएपछि प्रसन्न हुादै घर फर्कन्छन् र आफ्नो अनुसन्धानको बाटो भेट्छन्। कतिपय पौराणिक बाटैमा त्रिपाठीलाई श्रीमद्भागवतको लम्बाई, चौडाइ र गहिराई नापि दिन अनुरोध गर्दछन् र त्रिपाठीबाट श्रीमद्भागवतको आयाम र आयतन दुवै सुनेर टाउको हल्लाउादै (खोजेको कुरा पाएर) गन्तव्यतर्फ अघि लाग्छन्। कतिपय त्रिविका गुरु चेला दुवैथरी प्रा.त्रिपाठीलाई पूर्वीय र पाश्चात्य दर्शनको गहिर्यानई पत्ता लगाइदिन अनुरोध गर्दछन्। त्रिपाठीबाट दुवैतिरको गहिर्या ई नापिादै गर्दा पूर्वीय दर्शनप्रति बढी आकर्षित हुादै र त्यसको व्यापकताप्रति आत्तिादै खुसीले घर फर्किन्छन्। त्यसैगरी कहिलेकहीा प्रा. त्रिपाठीलाई प्रवचनकर्ता पण्डितहरू गीताको गाम्भीर्य नापिदिन र वजन तौलिदिन अनुरोध गर्दछन् र प्रा. त्रिपाठीलाई घण्टौं गणितांकमा पौडी खेल्न लागेको देखेपछि आफ्नो प्रवचनलाई धिक्कार्न पुग्छन्। त्यतिमात्र होइन, प्रा. त्रिपाठी कोही वतृत्वकला लिन आउाछन् त कोही वादविवादकला, कोही निबन्धकला त कोही काव्यकला। यसरी प्रा. त्रिपाठीलाई दिन होइन सबै उहााबाट लिनकै लागि आउाछन्। नलिइ कोही फर्किंदैनन्। उहाा सााच्चै मानवले प्रत्यक्षरूपमा देख्न सकिने कल्पवृक्ष नै हो भन्ने नेपालीहरूको प्रशंसाका एकमात्र जीवित इतिहास हुनुहुन्छ। ज्ञान संसारमा उभिएर त्रिपाठीसाग जसले जे माग्यो, त्यो पायो। उहाासाग अप्रभावित कोही रहेन। उहाासाग रहेनछ भनेर कोही फर्किएन। उहााको ज्ञान कसैलाई सामान्य लागेन सबैलाई असाधारण लाग्यो। रेडियो नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर एफएम, कान्तिपुर टेलिभिजन तथा अनेकौं एफएम, पत्रपत्रिका र प्रसारण संस्थाहरूलाई धार्मिक विषय प्रवाह गर्ने आधिकारिक पुस्तकालय नै हुनुभयो प्रा. त्रिपाठी। उहााको दैलामा जिज्ञासु बनेर कुन क्षेत्र उभिएन? र कुन क्षेत्र रित्तो हात घर फर्कियो? यस्ता सयौं प्रश्नका उत्तर नेपालका सामान्य मानिसमात्र होइन, विशिष्ट विद्वानहरूलाई समेत थाहा छैन। प्रा. त्रिपाठी विद्यालय, महाविद्यालयमा, घरमा, बाटामा, बसमा, यात्रा गर्दैको अवस्थामा समेत जिज्ञासुहरूका उत्तर बनेर बगिरहनुभयो। यत्रो ठूलो विद्वानले पााच मिनेट समय दिनुहोला भन्ने जिज्ञासा राख्ने सामान्यभन्दा सामान्य मानिसले पनि उहााको घण्टासम्मको सहचार्य पाए। नसोचेको कुरा पाइनु र मागेभन्दा बढी पाउनु प्रा. त्रिपाठीका सान्निध्यका विशेषता नै हुन्। बोल्दा, लेख्दा र सिकाउादा समानरूपमा मानक नेपाली वाक्यहरू निर्मल झरनाझैं निरन्तर उत्साहपूर्वक प्रभावोत्पादक रूपमा बगाइरहने त्रिपाठीले सामान्य व्यक्ति, जिज्ञासु, विद्वान्, विद्यालय, विश्वविद्यालय र अनेक सञ्चार संस्थाहरूलाई मागेभन्दा बढी समय कसरी दिन सक्नुभयो? सबैजसो संस्थामा पैदल हिंडेर पुग्दा पनि कसरी अचुक प्राध्यापक बन्नुभयो? एकैदिनमा आधा दर्जन संस्थामा पढाउन पुग्ने त्रिपाठीको समयतालिकामा असाधारण, सन्तुलन र समन्वय देख्ता जो कोही आश्चर्यचकित हुन्थे। किनकि मोटरसाइकलमा कुदेर सबैतिर कण्ठभइसकेको एउटै कुरा भट्टाउादै हिाड्नुजस्तै सजिलो थिएन, प्रा. त्रिपाठीको प्राध्यापन यात्रा। प्रायः त्रिपाठी एक्लै हिाड्ने मानिस हुनुहुन्थेन। उहाा राष्ट्रका अनेक विद्वत्केन्द्र र सञ्चारसंस्थाबाट उठेका अनेकौं गहन प्रश्नका उत्तरको भारी बोकेर हिाड्नुहुन्थ्यो। त्यसका लागि उहााले घरमा छुट्टै गहन शास्त्रानुसन्धान, ग्रन्थानुशीलन र अध्यवसाय जारी राख्नु जरुरी पर्दथ्यो। प्रत्येक बिहान २ घण्टा स्नान, ध्यान, पूजा र नित्यकर्म (नित्यानुष्ठान) समेत सम्पन्न गर्नुहुने त्रिपाठीले समयको तारतम्य कसरी मिलाउनु भयो त? हरेक मानिसलाई आश्चर्य लाग्छ। बिहानबेलुकाको नित्य पूजापाठ, आधादर्जन संघसंस्थामा अध्यापन, सञ्चारसंस्थामा प्रवचन, पत्रिकाहरूमा लेख, जिज्ञासुहरूसाग भेट, निमन्त्रण–आमन्त्रणहरूमा उपस्थिति आदि सम्झादै कहालीलाग्दो समयतालिकाको निर्वाह कसरी सम्भव भयो? प्रा. त्रिपाठीबाट जम्मा २४ घण्टामा नित्य गर्नुपर्ने कार्यहरू यति धेरै निस्किएपछि प्रत्येक क्षेत्रमा अचुक बन्ने कसरी? स्वास्थ्यले सधैं साथ दियो कसरी? के सामान्य मानिस प्रा. त्रिपाठीजस्तै दिनको तीन/चार घण्टामात्र सुतेर आधा सताब्दीसम्म पूर्ण आकर्षक शारीरिक व्यक्तित्वका साथ असाधारण प्राध्यापकीय जीवन निर्वाह गर्न सक्छन्? के दिनको ३ घण्टामात्र सुतेर विद्यार्थीहरू २१ घण्टालाई शैक्षिक प्रयोजनका निमित्त खर्च गरी स्वस्थ रहन सक्छन्? यस्ता अनेक प्रश्नका उत्तरसमेत आगामी अङ्कमा यथाक्रम, यथास्थान, यथाप्रसंग आउनेछन्। माथि उठाएका प्रश्न तब सक्रिय हुनेछन्, जब पाठक वर्गमा प्रा. त्रिपाठीका विषयमा अझै बढी कौतुहल पैदा हुनेछन् र उत्कण्ठा जन्मिनेछन्। त्यसैअर्थमा प्रस्तुत लेखमा प्रा. त्रिपाठीलाई कल्पवृक्षसाग तुलना गर्न खोजिएको हो। प्रा. त्रिपाठीलाई चरित्रको गहिराई, स्वभावको गहिराई र शास्त्राध्यानको गहिराई तथा जन्मसिद्ध धीरगम्भीर स्वभावले गर्दा महासागर प्रमाणित गर्ने कुरासमेत गरियो भने हृदयको उदण्डता, शास्त्रको मर्मज्ञता, चिन्तनको उचाइले गर्दा उहाालाई पर्वतै मान्ने विद्वान्हरूको कमी छैन नेपालमा। अत्यन्त आकर्षक, तेजस्वी र गौरवशाली शारीरिक व्यक्तित्वमा त्यो भन्दा धेरै उच्च बौद्धिक व्यक्तित्व थपिनाले प्रा. त्रिपाठी सााच्चै नै शिखर व्यक्तित्व हुनुहुन्छ।
सम्झना - मनबहादुर बस्नेत -Nepal Saptahik
पाश्चात्यदेखि पूर्वीय दर्शनसम्मका ज्ञाता । नेपाली र संस्कृत साहित्य, भाषा, समालोचना, ज्योतिष, कर्मकाण्ड क्षेत्रसम्म आफ्नो गहन ज्ञान फिँजाएका। यस्तै बहुआयामिक व्यक्तित्व थिए प्राध्यापक जगन्नाथ शर्मा त्रिपाठी। वाङ्मयका यिनै ज्ञाता संसारबाट बिदा भएका छन्। ११ चैतमा ८१ वर्षको उमेरमा काठमाडौँमा उनको निधन भएको हो।
उनी जीवनलाई उच्च महत्त्वाकांक्षाबाट टाढै राख्थे। मनमा लोभलालच नलिने उनको बानी थियो। 'जीवन चलिहाल्छ नि साधनामा लाग्नु मात्रै पर्छ' भन्ने जीवनप्रति त्रिपाठीको मूल मन्त्र रहेको उनका आफन्त रमेश भट्टराई सुनाउँछन्। भन्छन्, "पैसा कमाउनेभन्दा पनि संघर्षपूर्ण जीवन बिताउने उनको चाहना थियो। काम गर्दागर्दै बिते।"
उनी सक्रिय जीवन बिताउने स्वभावका थिए। त्यही भएर त उनले ८० वर्षको उमेरसम्म पढाउन शिक्षालय धाइरहे। रोगले थलिएपछि पछिल्लो ११ महिना मात्रै उनले पढाउन छोडेका थिए। तीन दशक प्राध्यापन पेसामा बिताएका त्रिपाठीसँग झन्डै पाँच दशकभन्दा बढीको शिक्षण अनुभव थियो। उनले दार्जीलिङमा समेत अध्यापन गरेका थिए। भाषाविद् एवं साहित्यकार त्रिपाठी बंगाली, हिन्दी, उर्दू भाषाका समेत विज्ञ थिए। 'विद्वत्केशरी' विभूषणसहित त्रिपाठीले डेढ दर्जन सम्मान तथा पुरस्कार पाएका छन्। विसं २०११ मा कविता प्रकाशन गरी साहित्यमा लागेका त्रिपाठीले साहित्यतर्फ निबन्ध, कथा, समालोचना विधामा समेत कलम चलाएका छन्।
त्रिपाठी प्रचार मन पराउँदैनथे। अध्यात्ममा समेत उनको गहन अध्ययन थियो। उनले भाषा, साहित्य र अनुवादसम्बन्धी डेढ दर्जन पुस्तक लेखेका छन्।
विद्वत्केशरीको सम्झना - कान्तिपुर संवाददाता
काठमाडौ, चैत्र २३ -
विद्वत्केशरी जगन्नाथ शर्मा त्रिपाठीका कृति प्रकाशन र संरक्षण गर्न स्रष्टाहरूले सरकारसँग माग गरेका छन् ।
प्राध्यापक त्रिपाठीको १३ औं दिनको श्रद्धाञ्जली सभामा बुधबार उनीहरूले ती कृति विभिन्न तहका पाठ्यक्रममा समावेश गर्नुपर्नेसमेत औंल्याएका छन् ।
'भाषा, साहित्य एवं संस्कृतिको क्षेत्रमा मुलुकले एउटा धरोहर गुमाएको छ,' स्रष्टा समाज दोलखाद्वारा राजधानीमा आयोजित कार्यक्रममा कलाकार मदनदास श्रेष्ठले भने, 'त्यस्ता अमूल्य कृतिको संरक्षण हुनुपर्छ ।' समाजका अध्यक्षसमेत रहेका श्रेष्ठले नेपाली वाङ्मयमा त्रिपाठीको अतुलनीय योगदान रहेको बताए ।
जगन्नाथ शर्मा त्रिपाठी राष्ट्रिय अभिनन्दन तथा ग्रन्थ प्रकाशन समितिद्वारा आयोजित कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईं, माओवादीका केन्द्रीय सल्लाहकार डा. विष्णुहरि नेपाल, दोलखा कांग्रेसका सभापति ताराबहादुर कोइराला, साहित्यकार अमरकुमार प्रधानसहितले त्रिपाठीको योगदानको चर्चा गरेका थिए ।
धर्म, साहित्य र भाषाका क्षेत्रमा योगदानका लागि समितिले दुई महिनाअघि त्रिपाठीलाई ५० हजार रुपैयाँ र नागरिक संघसंस्थाका तर्फबाट ५१ हजार रुपैयाँसहित 'विद्वत्केशरी' पदवीबाट सम्मानित गरेको थियो ।
त्रिचन्द्र र पद्मकन्या क्याम्पसमा ३० वर्ष अध्यापन गरेका त्रिपाठीका भाषासम्बन्धी एक दर्जन कृति प्रकाशित छन् ।

अस्ताउनु भयो भाषाविद् तथा साहित्यकार त्रिपाठी - कालिका खड्का dolkha.com
काठमाडौ। साहित्यकार तथा भाषाविद् जगन्नाथ त्रिपाठी आफ्नो नेपाली साहित्याकाशलाई सून्य पारेर यस लोकबाट बिदा लिनुभएको छ । ‘कीर्तियश्य स जीवती’ विद्वान् सर्वत्र पूज्यते, मनो ही महता धनम्’ भन्ने श्लोकलाई अनुसरण गर्दै साहित्यिक यात्रामा पु¥याउनु भएको उहाँको योगदान कृति सदा अविस्मरणिय रहेको छ । अभिनन्दन तथा ग्रन्थ प्रकाशन समिति–२०६७ लगायत २४ वटा नागरिक सङ्घसंस्थाका तर्फबाट गत माघ २३ गते उहाँलाई करिब रु.एकलाख नगदसहित ‘विद्वत्केशरी’ पदवीबाट सम्मान गरिएको थियो ।
प्रा.त्रिपाठीले शिक्षा पुरस्कार एवम् पदक, गुणराज व्याख्यानमाला पुरस्कार, विद्वत्शिरोमणि हेमराजका नाममा स्थापित व्याकरण विद्वत् पुरस्कार, पद्मकन्या क्याम्पसबाट विशिष्ट सेवा गरेबापत प्रशंसापत्र, रोल्वालिङ् क्वलबाट अभिनन्दन, वनकाली वेदविद्याश्रमका भूतपूर्व छात्र समूहबाट अभिनन्दन, जगद्गुरु शङ्कराचार्यले शीर्षक दिएर गराएको संस्कृत कवितागोष्ठीमा सर्र्वप्रथम भई उहाँको हातबाट स्वर्णमुद्रा, अरु पारितोषिक र विद्वान् भन्ने सम्मान प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, काञ्चीकामकोटी पीठका जगद्गुरु चन्द्रशेखरेन्द्र सरस्वतीका हातबाट साहित्यरत्न र साहित्यभूषणका उपाधि, डा.बलराम जोशी ज्ञानविज्ञान राष्ट्रिय पुरस्कार, नयराज पन्त शोधसम्मान, चक्रपाणि स्मारक प्रतिष्ठानबाट अभिनन्दन, महाकवि देवकोटा शताब्दीसम्मान र भारतीय खरेल पुरस्कार आदि गरी झन्डै दुई दर्जन पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । नेपाली, पाली, संस्कृत, अङ्ग्रेजी, हिन्दी, बङ्गाली र उर्दू भाषा, साहित्यशास्त्र तथा दर्शनका विद्वानका साथै विलक्षण प्रतिभाका धनी त्रिपाठीले २१ वर्षको उमेरमा औपचारिक शिक्षा आरम्भ गरी जीवनको ५४ वर्ष शिक्षण पेसामा बिताउनुभएको थियो । उहाँले नेशनल केलेज (हालको शङ्करदेव क्याम्पस), त्रिचन्द्र क्याम्पस, पद्मकन्या क्याम्पस, महेन्द्रभवन स्कूल, डोकबस्को उच्चमाविमा अध्यापन गर्नुभएको थियो । प्रा. त्रिपाठीले सात वर्षका उमेरमा कुलगुरु निलप्रसाद उप्रेतीबाट अक्षरज्ञान गर्नुअगावै बाख्रागोठालो गइरहँदा नै आफ्ना पिता पं.प्रभाकारका मुखबाट सुनेकै आधारमा रघुवंश द्वितीय सर्ग, लघुकौमुदी सुबन्तप्रकरण, अमरकोश प्रथम काण्ड र दुगाकवच कण्ठस्थ गरिसक्नुभएको थियो । पारस्कर धर्मसूत्र, आपस्तम्व धर्मसूत्र, मनुस्मृति आदि धर्मशास्त्रको विधिपूर्वक अध्ययन गर्नुभएका त्रिपाठी २०१२ सालतिर दार्जिलिङमा पं. रामपूजन पाण्डेबाट न्यायसिद्वान्त मुक्तावली अध्ययन गरेपछि दर्शनशास्त्रतर्फ आकर्षित हुनुभएको थियो । कपिल मुनिको साङ्ख्य दर्शन उहाँका लागि रुचिपूर्ण थिए ।
सादा जीवन उच्च विचारका असाधारण प्रयोक्ता एवम् कर्मले मानिसलाई जीवन दिन्छ भन्ने सोचलाई जीवनदर्शन मान्ने त्रिपाठी मेहनत र कर्तव्यपालनको उदारहण बनेर अरुलाई प्रेरणाप्रदान गर्नुभएको छ । लेखन, अध्यापन र जीवनमा सरलता, अस्पष्टता एवम् सहजताका पक्षपाती रहनुभएका र काम गरेर मानिस मर्दैन, खान नपाए मात्रै मर्छ भन्ने विश्वास उहाँमा थियो । विस २०११ मा कविताको प्रकाशनमार्फत साहित्यसेवा आरम्भ गर्नुभएका त्रिपाठीले कथा, कविता र निबन्धका फुटकर प्रकाशन गर्नका साथै समालोचना लेखनमा सिद्घहस्त मानिनुहुन्छ । त्रिपाठीका प्रकाशित कृतिमा संस्कृतका पाठ्यपुस्तक–२, पुरुषोत्तममास माहात्म्यको अनुवाद–१, व्याकरणका पुस्तक–७, चन्द्रमहस्रदर्शनोद्यापन–१, रुक्मिणीपरिणयम् (महाकाव्य) को विवेचना–१, कवि धरणीधर कोइराला समग्र–१ र २, वायवीय संहिताको अनुवाद–१, श्रद्वा सुनमभित्रका भजनमा अध्यात्मभक्तिको परिशीलन–१ गरी जम्मा १५ वटा छन् । प्रा.शिवगोपाल रिसालले त्रिपाठीले प्रतिपादन गर्नुभएको दार्शनिक र आध्यात्मक चिन्तनको अनुसरण गर्नसकेमा स्रष्टाप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गर्नुभएको छ ।
अध्यात्मवाद र दर्शनवादका प्रतिमूर्तिका रूपमा रहनुभएका त्रिपाठी मुलुकको स्वाभिमानको प्रतिष्ठा रहनुभएको कुरामा समितिका उपसंयोजक पूर्वसांसद आनन्दप्रसादपोखरेल जोड दिनुहुन्छ । समितिका सदस्यसचिव मुकुन्दप्रसाद लामिछानेले मुलुकमा सदाचार, सत्चरित्र र आचरणको कमी भएकाले जगन्नाथजस्ता व्यक्तिको सम्मान गर्न पाउनु राष्ट्रकै हितमा रहने भएकाले राष्ट्र यस दिशामा चुक्न नहुने बताउनुहुन्छ ।विद्वत्केशरी त्रिपाठी रहेनन् - कान्तिपुर संवाददाता
काठमाडौ, चैत्र १२ -
दुई महिनाअघि मात्रै नागरिकस्तरबाट 'विद्वतकेशरी' को सम्मान पाएका नेपाली भाषा-साहित्य तथा संस्कृत वाङ्मयका विद्वान् जगन्नाथ शर्मा त्रिपाठीको शुक्रबार बिहान निधन भएको छ ।
दोलखाको सुनखानीमा ८१ वर्षअघि जन्मेका त्रिपाठी नौ महिनादेखि मृगौलासम्बन्धी रोगबाट पीडित थिए । नेपाली, संस्कृत, अंग्रेजी, बंगालीलगायत आठ भाषाका ज्ञाता त्रिपाठीका १५ पुस्तक प्रकाशित छन् । चारै वेद, व्याकरण, साहित्य, धर्मशास्त्र, ज्योतिष, काव्यशास्त्र, कर्मकाण्ड, पुराणवाचन तथा दार्शनिक प्रवचनका लागि चर्चित त्रिपाठी त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालयका प्रायः सबै विधाका स्रोतव्यक्तिका रूपमा समेत चिनिन्थे ।
त्रिपाठीलाई गत माघ २३ मा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नागरिकका तर्फबाट सम्मान गरेका थिए । त्रिपाठीको निधनमा जगन्नाथ शर्मा त्रिपाठी राष्ट्रिय अभिनन्दन तथा ग्रन्थ प्रकाशन समितिले शनिबार शोक व्यक्त गरेको छ । स्रष्टा समाज दोलखाको पनि घट्टेकुलोमा कार्यक्रम गरी शोक प्रकट गरेको छ । कार्यक्रममा समाजका अध्यक्ष मदनदास श्रेष्ठ, लक्ष्मी बस्नेत, हरिबहादुर राउत, राम पाण्डेसहितले त्रिपाठीको योगदान चर्चा गरे ।

Litterateur Jagannath Tripathi dies at 81 - thehimalayantimes
KATHMANDU: Linguist and litterateur Jagannath Tripathi passed away at his residence on Friday morning. He was 81.
He had been suffering from kidney problem of late. Tripathi had taken formal education from India. He will be cremated at Pashupati Aryaghat today.
He was honoured with the title of Bidwotkeshari award on February 6 for his contribution to the Nepali language and literature.
Litterateur Tripathi is survived by his wife, two daughters and five sons.

Monday, April 11, 2011
गुरु जगन्नाथ शर्मा त्रिपाठी मेरो स्मृतिपटलमा - अलङ्कार अर्याल
डोन बस्को उच्च माध्यमिक बिद्यालयमा मैले दस जोड दुई पढेको हुँ | जीवबिज्ञान संकायको अध्यन गरेकोले पहिलो वर्ष गणित र दोश्रो वर्ष नेपाली पढ्नु पर्ने थियो र दोश्रो वर्ष चाहना हुनेले ऐच्छिक गणित पनि पढ्न पाइन्थ्यो |
दोस्रो वर्षको पहिलो दिनको पहिलो कक्षा पढाउन अग्ला कदका धेरै बुढा देखिने दौरासुरवाल, कालो जुत्ता, ढका टोपी लगाएका मानिस पढाउन आए | बोल्दा पनि बिस्तारै बोल्ने त्यस्ता शिक्षकले के नै पढाउलान् र भन्ने पनि लग्यो | तर सोचेको भन्दा एकदमै पृथक भयो मेरो अनुभव |
मेरो दिज्जुको पनि गुरु भएकोले र सबैले गुरु भन्ने गरेकोले र भाषा, संस्कृति, धर्म र विभिन्न ग्रन्थका व्याख्याता भएकोले सबैले उहाँलाइ त्रिपाठी गुरु भनेर सम्बोधन गर्थे त्यसैले होला म पनि गुरु नै भनेर सम्बोधन गर्छु | त्यसैले मेरो २ जना गुरु हुनुहुन्छ, एकजना मलाई ब्रतबन्धमा मन्त्र सुनाउने गुरु [मेरो बुबा] र अर्को त्रिपाठी गुरु |
गुरु भन्ने कुरामा मलाई त्रिपाठी गुरुले भन्नु भएको एउटा प्रसगं याद आयो | " बस चलाउनेलाइ पनि "गुरु, जाउँ जाउँ " भन्छन् | अस्ति म गाउँबाट आउँदै गर्दा एउटा भाडा माज्ने बच्चोलाइ पनि गुरु छिटो माजेर ल्या भन्दै थियो | मलाई कसैले गुरु भनेर सम्बोधन गर्दा पनि कस्तो कस्तो लाग्छ |"
त्रिपाठी गुरु सधै पहिलो कक्षा पढाउनु हुन्थ्यो | उहाँको नेपाली साहित्य जगतको थुप्रै साहित्यकारसंग सम्पर्क रहेछ | उहाँले हामीलाइ लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समदेखि अहिलेका राष्ट्रकबि माधबप्रसाद घिमिरेसम्मका कुरा गर्नु हुन्थ्यो | धेरै रोचक रोचक घटनाहरु सुनाउनु हुन्थ्यो हामीलाइ | एकदिन गुरु छन्दको कुरा गर्दै हुनुहुन्थ्यो अनि एउटा छन्दको नाम "पुछ्रे अलंकार" रहेछ अनि गुरु लगायत मेरा सम्पूर्ण साथीहरु मलाई हेर्दै हाँसेको क्षण अझै मेरो दिमागमा ताजै छ |
गुरु समयमा नै आउनु हुन्थ्यो अनि समयमा नै जानु हुन्थ्यो | नेपाली पाठ्यक्रमका सबै कथा, कविता पढाउदा गुरु त्यससंग जोडिएका सबै कुरा सुनाउनु हुन्थ्यो अनि त्यसैले होला कक्षा कहिले नसकियोस् झैँ लाग्थ्यो |
+२ को पढाई सकेपछीको कुरा हो म बुबा र मम्मीसंग भारती खरेल आख्यान पुरस्कारको कार्यक्रममा गएको थिएँ | मेरो बुबालाइ २०५८ सालमा भारती खरेल आख्यान पुरस्कार दिइएको थियो, त्यो भन्दा अघिल्लो साल जगन्नाथ गुरुलाइ दिइएको रहेछ | गुरुपनि आउनु भएको थियो त्यस कार्यक्रममा | गुरुलाइ देखेर म एकदमै खुशी भएँ | कार्यक्रमको अन्त्य तिर जलपान गर्ने क्षणमा बुबाले मलाई देखाउदै " मम कनिष्ठ पुत्र: " [मेरो कान्छो छोरा] भन्नु भयो अनि गुरु अचम्म पर्नु भयो, मुसुक्क हाँस्नु भयो अनि मेरो हात समाउनु भयो | केहि भन्नलाइ मुख खोल्दै हुनुहुन्थ्यो पछाडीबाट कसले जाने भनेर बोलायो अनि कुरा भने भएन | त्यसपछी गुरुलाइ भेट्ने मौका मिलेको थिएन |
भाषा, धर्म र व्याकरणको आधिकारिक व्याख्या गर्ने धरोहर र भाषा, संस्कृति, धर्म र विभिन्न ग्रन्थका व्याख्याता जगन्नाथ शर्मा त्रिपाठी गुरुले लामो समय अध्यापन गराउनुका साथै पुस्तकहरु लेख्नु भएको थियो । उहाँले त्रिचन्द्र र पद्यकन्या कलेजमा ३० बर्ष अध्यापन गराउनु भएको थियो । दोलखामा जन्मेर २१ वर्षको उमेरदेखि दार्जलिङमा अध्ययन गर्नुभएका त्रिपाठी गुरुले नेपाली साहित्य क्षेत्रमा निकै धेरै योगदान दिनुभयो ।
भाषा र साहित्य शुद्ध लेखिनुपर्ने, मौलिक संस्कृति जोगाउनु पर्ने र नागरिक सज्जन हुनुपर्ने त्रिपाठी गुरुको मान्यता थियो । उहाँलाइ विद्वत्केशरी त्रिपाठी पनि भनिन्छ ।
८१ वर्षको उमेरसम्म निरन्तर भाषा र साहित्यको उत्थानको लागि उहाँले गर्नु भएको योगदानको कदरगर्दै उहाँलाइ हार्दिक श्रद्धाञ्जली टक्र्याउन चाहन्छु ।
Friday, March 4, 2011
Monday, February 14, 2011
Monday, February 7, 2011
Subscribe to:
Posts (Atom)