Tuesday, October 29, 2013

ग्रन्थ लोकार्पण कार्यक्रम




विद्वोतकेशरी जगन्नाथ शर्मा त्रिपाठीको बारेमा विभिन्न विद्वानहरुबाट लेखिएको अनुभबहरुको संगालो
" विद्वोतकेशरी जगन्नाथ शर्मा त्रिपाठी : अनेक आयाम "

लोकार्पण कार्यक्रम यहि(२०७०) कार्तिक १६ गते बार एसोसीएसनको हलमा हुदैछ l

समय दिनको १ बजे l



Monday, June 13, 2011

Tuesday, April 12, 2011

त्रिपाठीप्रति श्रद्धाञ्जली - Nepal Samacharpatra daily

काठमाडांै, (नेस) नेपाली भाषा, साहित्य एवम् पर्ूर्वीय वाङ्मयका मूधन्य विद्वान् विद्वत्केशरी प्रा. जगन्नाथ शर्मा त्रिपाठीको तेह्रौं दिनको पुण्यतिथिमा बुधबार राजधानीमा श्रद्धाञ्जलीसभा आयोजना गरियो।

सो सभा जगन्नाथ शर्मा त्रिपाठी राष्ट्रिय अभिनन्दन तथा ग्रन्थ प्रकाशन समितिको आयोजनामा गरिएको थियो। सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. माधव शर्माले नेपाली साहित्य एवम् संस्कृतिका क्षेत्रमा त्रिपाठीले गरेको योगदान अतुलनीय छ, त्यसैले उहाँजस्ता विद्वान्को बेलैमा राष्ट्रिय अभिनन्दन गरेर समितिले प्रशंसनीय काम गरेको बताउनुभयो।

सभामा प्राध्यापक गोपीकृष्ण शर्मा, अच्युतरमण अधिकारी, पर्ूवराजदूत डा. विष्णुहरि नेपाल, प्रा. डा. टीकाराम अधिकारी, चूडामणि गौतम, प्रा. कोषराज न्यौपाने, आत्मकृष्ण श्रेष्ठ, रमेश भट्टर्राई, नवराज कट्टेल, जनार्दन घिमिरे एवम् समितिका सदस्य-सचिव मुकुन्द लामिछानेलगायतले स्व. त्रिपाठीको बहुआयामिक व्यक्तित्वबारे प्रकाश पार्दै ब्र³मलीन आत्मप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। कार्यक्रम समितिका संयोजक गोपाल थपलियाको सभापतित्वमा भएको थियो।

भाषाविद् तथा साहित्यकार त्रिपाठी रहेनन् - rajdhani daily

काठमाडौं, ११ चैत
भाषाविद् तथा साहित्यकार जगन्नाथ त्रिपाठीको ८१ वर्षो उमेरमा शुक्रबार बिहान आङ्खनै निवासमा निधन भएको छ ।
दर्ुइ वर्षेखि दुवै मिर्गौलाले काम नगरेपछि त्रिपाठीलाई साताको दर्ुइपटक डायलोसिस गरि“दै आएको थियो । दोलखा सुनखानी गाविसमा ८ वैशाख १९८६ सालमा जन्मिएका त्रिपाठीले २१ वर्षो उमेरमा भारतबाट औपचारिक श्ािक्षा लिएका थिए ।
बिहीबार बेलुका परिवारस“गै खानपिन र कुराकानी गरी सुतेका त्रिपाठी शुक्रबार बिहान दूध खाएर बोल्दाबोल्दै दिवंगत भएको उनका माइला छोरा कुमार त्रिपाठीले जानकारी दिए ।
नेपाली व्याकरणविज्ञ त्रिपाठीको पार्थिव शरीर नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भनिए पनि 'मरेपछि प्रतिष्ठानमा नराख्नू' भन्ने उनको इच्छाबमोजिम नराखिएको कुमारले जनाए । साहित्यकार त्रिपाठीलाई शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
नेपाली, अंग्रेजीलगायतका भाषामा दक्षता हासिल गरेका त्रिपाठीलाई उनको योगदानको कदर गर्दै गत २३ माघमा राष्ट्रिय अभिनन्दनसहित 'विद्योतकेशरी' पदवीबाट सम्मान गरिएको थियो ।
उनीबारे ग्रन्थ भने जन्मजयन्तीको अवसरमा आगामी ८ वैशाखमा र्सार्वजनिक गर्ने तयारी भइरहेको छ । त्रिपाठीका श्रीमती, दर्ुइ छोरी र पाँच छोरा छन् ।

नेपाली भाषा र धर्म संस्कृतिको उत्थानमा समर्पित जगन्नाथ त्रिपाठीको निधन - imagechannels

नेपाली भाषा र धर्म संस्कृतिको उत्थानमा समर्पित ब्यक्तित्व जगन्नाथ शर्मा त्रिपाठीको ८४ वर्षको उमेरमा आज निधन भयो । उहां २ वर्ष अघिदेखि मृगौला रोगबाट ग्रसित हुनुहुन्थ्यो । प्राचीन दर्शन, बौद्ध, जैन चावार्क अर्वाचीन दर्शन र धर्मशास्त्रमा पोख्त उहाँले लामो समय अध्यापन गराउनुका साथै पुस्तकहरु लेख्नु भएको थियो । उहाँले त्रिचन्द्र र पद्यकन्या कलेजमा ३० बर्ष अध्यापन गराउनु भएको थियो । दोलखामा जन्मेर दार्जलिङमा अध्ययन गर्नुभएका त्रिपाठीले नेपाली साहित्य क्षेत्रमा पनि निकै धेरै योगदान गर्नुभयो । भाषा र साहित्य शुद्ध लेखिनुपर्ने, मौलिक संस्कृति जोगाउनु पर्ने र नागरिक सज्जन हुनुपर्ने त्रिपाठीको मान्यता थियो । उहांको अन्त्येष्टी आजै पशुपति आर्यघाटमा गरिदैछ ।

भाषाविद् तथा साहित्यकार स्वर्गीय त्रिपाठीप्रति श्रद्धाञ्जलि - नेपाल दुबई डट कम

स्रष्टा समाज दोलखाले भाषाविद् तथा साहित्यकार प्रा.स्वर्गीय जगन्नाथ त्रिपाठीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
समाजले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभामा बोल्दै नेकपा (एमाले) का पोलिटब्युरो सदस्य पशुपति चौलगाईंले स्व. त्रिपाठीले राष्ट्रलाई दिनुभएका कृतिहरू सार्वजनिक गरेमा उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।
नेपाली काँग्रेस दोलखाका सभापति ताराबहादुर कोइरालाले प्रा. त्रिपाठी दोलखालीको मात्र नभएर सिङ्गो राष्ट्रको स्रस्टा भएकाले उहाँबाट अरुले प्रेरणा लिनुपर्ने बताउनुभयो ।
पत्रकार गोपाल थपलियाले नेपाली व्याकरणको विकासका साथै पुराणको वैज्ञानिक व्याख्या गर्न समेत सफल स्वर्गीय त्रिपाठीमा अद्भूत ज्ञान भएको भए पनि राष्ट्रले उहाँलाई चिन्न नसकेको धारणा व्यक्त गर्नुभयो ।
श्रद्धाञ्जलिसभामा नेकपा (एमाले) दोलखाका पूर्व सभापति लालकुमार केसी, एमाओवादी केन्द्रीय सदस्य जितबीर लामा, पूर्व राजदूत डा. विष्णुहरि नेपाल, स्रस्टा समाज दोलखाका अध्यक्ष मदनदास श्रेष्ठ, दोलखाली पत्रकार समाजका अध्यक्ष बालकृष्ण बस्नेतलगायतले स्व. त्रिपाठीको साहित्यिक योगदानको चर्चा गर्दै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । साहित्यकार त्रिपाठीको यही चैत ११ गते निधन भएको थियो ।

श्रद्धाञ्जलि - सुरज कुँवर,कान्तिपुर


पूर्वीय र पाश्चात्य साहित्यको उत्तिकै सहजतासाथ समालोचन गर्ने, नेपालीसहित पाली, संस्कृत, अंग्रेजी, हिन्दी, बङ्ला र उर्दूको ज्ञान बटुलेका प्राध्यापक जगन्नाथ शर्मा त्रिपाठीको चैत ११ गते निधन भयो । उनी ८१ वर्षका थिए । २२ वर्षयता उनलाई मधुमेहबाट पीडित उनका दुवै मृगौला बेकामे भएपछि मृत्यु भएको थियो ।

जीवनका ५४ वर्ष हजारौं नेपाली भाषाका विद्यार्थीलाई खर्चिएका उनी दुई वर्षअघिसम्म नयाँ बानेश्वरको डनबस्को कलेजमा पढाउँथे । मृत्युको केही महिनाअघि नागरिक स्तरबाट उनलाई 'विद्वत् केशरी' को उपाधि मिलेको थियो । उनले त्रिचन्द्र र पद्मकन्या क्याम्पसमा ३० वर्ष पढाएका थिए । २१ वर्षको हुँदा औपचारिक पढाइ थालेका उनले स्नातक कलकत्ता विश्वविद्यालयबाट गरेका थिए । जन्मस्थल दोलखाको सुनखानीमै बुवा र हजुरबुवाबाट धूलौटो कोरेर अक्षर र संस्कृत सिकेका उनी आध्यात्मिक ज्ञानका स्रोत थिए । बौद्ध धर्म र गणितीय ज्योतीषशास्त्रबारे उनलाई राम्रो ज्ञान थियो । परिवारका अनुसार उनले कहिल्यै घरबाहिर भोजन गरेनन् । प्रायः हिँड्न रुचाउने उनी पछिल्ला वर्षमा पनि सार्वजनिक सवारीसाधन चढेरै कलेज पुग्थे । अन्तिम क्षणसम्म विद्यार्थीकै सहयोगमा हाजिर हुने त्रिपाठीले शिक्षण पेसा दार्जिलिङबाट सुरु गरेका थिए । अनुवादसहित ७ वटा आधुनिक व्याकरण लेखेका उनले शोध अनुसन्धानमा चाहेजस्तो समय निकाल्न नसकेको उनका ज्वाइँ रमेश भट्टराईले बताए । शिक्षण पेसाबाट मिलेको पारिश्रमिकबाटै उनले पाँच छोरा र दुई छोरीलाई उच्च शिक्षा दिलाए । काठमाडौं सिनामंगलमा बस्दै आएका त्रिपाठी २०२९ सालमा दोलखाबाट राजधानी बसाइँ सरेका थिए ।