जयदेव भट्टराई |
५४ वर्षको शिक्षण सेवा, ५५ वर्षको साहित्य सेवा अनि जीवनका अधिकांश वर्ष पुराणवाचन, ज्योतिषकर्म र प्रवचनमा लगाउने उहाँ ८१ वर्ष लागेपछि चर्चामा आउनुभएको छ । दुवै मिर्गौलामा समस्या देखिएको नराम्रो खबरसँगै उहाँको सार्वजनिक अभिनन्दन गर्ने, ग्रन्थ निकाल्ने राम्रो खबर पनि आयो । चँुडिएका चप्पल र च्यातिएका कपडा लगाएर राजनीति गर्नेहरूले ५-७ वर्षमै नाम -?) र दाम कमाएर चर्चा बटुल्ने ठाममा जगन्नाथ शर्मा त्रिपाठीजस्ता साधक र इमान्दार मान्छेको चर्चा किन गर्ने भनेजस्तै भयो । नेता र राजनीतिमै केन्दि्रत भएर लेखिरहनेहरूका लागि त नेता र राजनीति नै जगत् । उनकै प्रशंसा र सेरोफेरोमा झुम्मिरहनेहरूको जीवनको अभिन्न अङ्ग बन्न पुगेको छ यिनैको दिनचर्या पनि । जगत् नै देख्ने र यसैमा रमाउनेहरूको भीडमा जगन्नाथ त्रिपाठीको व्यक्तित्व पर्गेल्न कसको चासो ःउहाँजस्ता साधक जो देशबाट लिन, खोस्न जानुहुन्न तर देशका लागि दिन सक्नुहुन्छ, यस्ता व्यक्तित्वको हतपति चर्चा गरिँदैन हामीकहाँ । स्वाभिमानको जीवन बाँच्ने, मौन साधनामा रमाउने र आˆनो कर्तव्य -लेखन, प्राध्यापन, अनुवाद ....) मा निरन्तर लागिपर्ने एकजना साधकको छवि बन्यो उहाँको । अहिले त्यही छविको सम्मान हुन खोज्दैछ- सार्वजनिक अभिनन्दनमार्फत । उहाँको जन्मथलो दोलखावासी र विविध क्षेत्रमा योगदान दिने प्रतिनिधि पात्रहरूमिलेर बनेको विशाल समूहले आइतबार २३ गते उहाँको अभिनन्दन गर्दैछ । अभिनन्दन पनि स्वतस्फूर्त । अचेल त अभिनन्दन पनि प्रायोजित हुन थालेका छन् । आˆनै पार्टीका मान्छे मिलेर, आˆनै पार्टीका मान्छे छानेर आˆनै पार्टीका मान्छे लगाएर ताली बजाएर गरिने ठट्यौली पाराको अभिनन्दन । आ-आफैँ मिलेर आ-आˆनै परिभाषामा रमाएर निकालिने ग्रन्थजस्तो पनि होइन । जगनाथ शर्मा त्रिपाठीको बारेमा चारैतिरबाट स्वतस्फूर्त कलम चलेका छन्, अभिनन्दन गर्न तम्सिएका छन् । यस्ताखाले अभिनन्दनबाट मात्र साधकको सही अभिनन्दन हुन्छ । यतिखेर जगनाथ शर्मा त्रिपाठीको अभिनन्दन यस्तै 'सही' बन्न पुगेको छ । गुनासो यतिमात्र हो, यति अभिनन्दनको चाँजोपाँजो अलि पहिले भइदिए हुन्थ्यो- उहाँ स्वस्थ हुँदा नै । "आफूले रोजेको पेशा अपनाउन पाएकोले पूरै सन्तुष्ट छु । शिष्ट परम्परा खूबै मनपर्ने । आस्तिकता, अनाशक्त रूपमा भोग रुचाउने । काम गर्न चाहने तर प्रचार त्यति मन नपराउने । आफूले सोचे विचारेर तयार पारेको सिद्धान्तलाई आˆनो जीवन मान्ने । ज्ञान, विद्या, वयोवृद्धहरूप्रति नतमस्तक रहने तर फोस्रो धाक र वितण्डाका अगाडि शिर नझुकाउने । कारणवश कसैसँग छुटेपछि जुट्न मन कमै लाग्ने । गहिरा विषयहरूको अध्ययनमा डुब्न खुबै मन लाग्ने कुनै नयाँ चिन्तनका खोजीमा व्यग्र यी हुन मेरा कमजोरीहरू ।" २३ वर्षअघि उहाँकै निवास ज्ञानेश्वर काठमाडौँमा लिइएको विचार यहाँ अहिले समेटिएको हो । आˆनो पेशाप्रति पूर्ण सन्तुष्ट उहाँ स्वभावले पनि शिष्ट नै हो । काम गर्न चाहने उदाहरण त उहाँको व्यक्तित्वले नै दर्शाइसकेको छ, प्रचार त्यति मन नपराउने कुरो यो उहाँको कुरो । तर एउटा साधक स्रष्टाको सिर्जना र साधनाबारे प्रचार गर्ने काम त हाम्रो हो, हामीबाट यो काम हुन सकेन, ढिलै भए पनि थालनी भएको छ, सन्तोष गर्ने बाटो यत्ति मात्र हो । वि. सं. १९८७ सालको वैशाख ८ गते आइतबारका दिन दोलखाको सुनखानीमा जन्मिनुभएका जगनाथ शर्मा त्रिपाठीको साहित्यिक यात्रा वि. सं. २०११ सालबाट थालियो । कविता छपाएर साहित्य यात्रा थाल्ने त्रिपाठीले कथा, निबन्ध, समालोचना, जीवनी, संस्मरणमा पनि कलम चलाउनुभयो । यसैक्रममा सातवटा व्याकरणका पुस्तक, संस्कृतका पाठ्यपुस्तक दुईवटा रुक्मिणी परिणयम् -महाकाव्य) को विवेचना, कवि धरणीधर कोइराला समग्र, श्रद्धा सुमनभित्रका, भजनहरूमा अध्यात्म भक्तिको परिशीलन, चन्द्रसहस्रदर्शनोद्यापन र पुरुषोत्तममास महात्म्यको अनुवाद, वायवीयसंहिताको अनुवाद गरी १५ वटा कृति प्रकाशित भइसके उहाँका । तिवारी साहित्य समिति, भारती खरेल प्रतिष्ठानका अध्यक्षसमेत भइसक्नुभएका जगनाथ शर्मा त्रिपाठी शारीरिक कदका दृष्टिले अग्लिएजस्तै सिर्जना र साधनाको हिसाबले पनि अग्लिएको व्यक्तित्व बनाउन सफल हुनुभएको छ । आˆना छोराछोरीलाई शिक्षा दिन सफल उहाँकी सुपुत्री सुधा त्रिपाठी नेपाली साहित्यमा त्यत्तिकै परिचित बन्न सफल हुनुभएको छ । भारतको कलकत्ताबाट स्नातक बन्ने उहाँले दार्जीलिङमा केही वर्ष शिक्षण अनुभव गर्नुभयो । त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर उहाँले त्रिचन्द्र र पद्यकन्या कलेजमा ३० वर्ष प्राध्यापन गर्नुभयो । शिक्षण र प्राध्यापनमा ५४ वर्ष व्यतित गर्नुभयो । उहाँको सेवाको, योगदानको, सिर्जनाको कदर समय समयमा विभिन्न निकायबाट भए । शिक्षा पुरस्कार एवं पदक, गुणराज व्याख्यानमाला पुरस्कार, भारती खरेल व्याख्यानमाला पुरस्कार, विव्दतशिरोमणि हेमराज पुरस्कार, डा. बलराम जोशी ज्ञानविज्ञान राष्ट्रिय पुरस्कार, नयराज पन्त पन्त शोधसम्मान, भारती खरेल पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान आदिबाट सम्मानित भइसक्नुभएको छ उहाँ । सिर्जना र साधनाले, अध्ययन र अनुभवले, सम्मान र अभिनन्दनले, व्यवहार र स्वभावले सम्मानित स्थान बनाइसक्नुभएका जगन्नाथ शर्मा त्रिपाठीको अभिनन्दनको पूर्वसन्ध्यामा उहाँको बारेमा चर्चा गर्ने अवसर धेरैले जुटाएका छन् । राजनीतिले अरु क्षेत्रलाई ओझेल पारे पनि स्रष्टा र साधक आˆनो सिर्जना र साधनाका माध्यमबाट सधैं सम्मानित जीवन बाँचिरहन्छन् भन्ने थप उदाहरण उहाँको अभिनन्दन पनि हो । जीवनको आठ दशक काटिसक्नुभएका जगनाथ त्रिपाठीले के-कति कमाउनुभयो कुन्नि ? तर पाठक, शिष्य सँगसँगै उहाँले बनाउनुभएको 'छवि' नै उहाँको कमाइ हो, प्राप्ति हो, उपलब्धि हो, सफलता हो । यस्तो प्राप्ति, कमाइ, उपलब्धि हात पार्ने अवसर जो कोहीलाई मिल्दैन । |